झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

डिसी नेपाल
२३ फागुन २०८० १९:३१
56
Shares

झापा। साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र वसन्त जिम्बाले गोल गरेका थिए। श्रेष्ठले खेलको ६१औँ मिनेटमा तथा जिम्बाले ८०औँ मिनेटमा गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीन विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए । आर्मी झापा गोल्ड कपको चारपटकको विजेता टोली हो।

प्रतियोगितामा पहिलोपटक सहभागी भएको मच्छिन्द्र क्वाटरफाइनलबाटै बाहिरिएको छ। आजको खेलमा म्यान अफ दी म्याच आर्मीका बसन्त जिम्बा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरेका छन्।

बिहीबार आयोजक झापा–११ तथा एन्फा मकवानपुरबीच क्वाटरफाइनलको खेल हुनेछ। यही फागुन २८ गतेसम्म चल्ने झापा गोल्डकपमा १० टोली सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.