भौतिक पूर्वाधारमन्त्री महासेठले गरे पदबहाली
काठमाडौं। नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पदबहाली गरेका छन्।
बुधबार शितल निवासमा पद तथा गोपनियताको सपथ गरेपछि महासेठले सिंहदरबार पुगेर पदबहाली गरेका हुन्। मन्त्रालयमा उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री महासेठले सडक आयोजनाहरुमा हुने ढिलासुस्ती अन्त्य गर्ने बताए। उनले मुग्लिन पोखरा सडक स्तरोन्नतीको काम एमाले सरकारकै पालामा भएको भन्दै अव उक्त आयोजना लगाएत देशैभरका आयोजनाहरुलाई तीव्रताका साथ अघि बढाउने जिकिर गरे।
त्यस्तै उनले एकसातासम्म मन्त्रालयको कामकारवाहीका बारेमा अध्ययन गर्ने बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment