लिभरपुलको फराकिलो जित

डिसी नेपाल
२५ फागुन २०८० ७:१९
36
Shares

काठमाडौं। लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्ता प्राहमाथि फराकिलो जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा लिभरपुलले स्पार्ता प्राहलाई ५-१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक गक गोल गरेका थिए।

त्यसैगरी स्पार्ता प्राहका लागि लिभरपुलका कोनोर ब्राडलीले आत्मघाती गोल गरेका थिए। यो जितपछि लिभरपुलले पहिलो लिगमा ५-१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.