पर्सामा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव भेटियो

डिसी नेपाल
२५ फागुन २०८० १८:५०
84
Shares

काठमाडौं। छोराको हत्या गरेको आशंकामा पर्सा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेको हो। प्रहरीले अनुन्धानका लागि बुबाआमालाई पक्राउ गरेको छ।

आमाबुबा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका शम्भु महतो धानुक र उनकी श्रीमती सबतादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जानकारी दिए।

शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ। बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको डीएसपी थापाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.