बुढासुब्बा गोल्डकपः धरान फुटबल क्लब विजयी
धरान। धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ। आजदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित ग¥यो। जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको ५९आँै मिनेटमा धरानका लागि मिलन राईले गोल गरी अग्रता दिलाएका थिए। तर युकेएफसीका लागि नयन प्रधानले ७३औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट थप गोल नभएपछि पेनाल्टीमार्फत विजेताको टुंगो लगाइएको थियो। पेनाल्टी सुटमा पनि समान ५–५ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा १०–९ गोलले धरानले जित निकालेको हो।
खेलको प्लेयर अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ भए। प्रतियोगिता अन्तर्गत आइतबार न्यूरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ।







डिसी नेपाल







Facebook Comment