त्रिकोणात्मक टी-२० सिरिजः आज नेपाल र हङकङ खेल्दै

डिसी नेपाल
२७ फागुन २०८० ६:३६
200
Shares

काठमाडौं। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ।

आयोजक हङकङ विरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ। यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ।

हेड टु हेडका आधारमा पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा हङहङले २ खेल जितेको छ। नेपालले दोस्रो खेलमा पर्सि पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ।

यसअघि हिजो भएको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसग ७३ रनले पराजित भएको छ।

टस जितेर पहिले बलिङ गरेको नेपाललाई हङकङले २ सय १३ रनको लक्ष्य दिएको थियो। नेपाली टोली भने १ सय ३९ रन मात्र बनाउन सक्यो। आगामी जेठमा हुने टि२० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.