सुनिल हार्डवेयर गोदाममा आगलागी हुँदा लाखौंको क्षती

डिसी नेपाल
२८ फागुन २०८० १९:२१
116
Shares

रौतहट। रौतहटको कटहरिया बजारस्थित एक हार्डवेयरको गोदामामा आगलागी हुँदा लाखौंको प्लास्टिक पाइप जलेर नष्ट भएको छ।

गोदाममा आगलागी हुँदा झण्डै दुई लाख रुपैयाँभन्दा बढीको पाइप जलेर नष्ट भएको हो। सोमबार अपरान्ह विधुत सर्ट भएर गोदाममा भएको आगलागीबाट दुई लाख बढी मूल्यको ९५ क्वाएल पाइप जलेर नष्ट भएको पीडित साहले बताएका छन्।

घटना लगतै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट दुई लाख बढीको क्षति भएको तथा घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.