टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाः पपुवा न्युगिनीविरुद्ध नेपाल ब्याटिङ गर्दै

डिसी नेपाल
२९ फागुन २०८० ७:३८
40
Shares

काठमाडौं। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ।

खेल मोङकोकस्थित मिसन रोडमा अहिले भइरहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अहिले ब्याटीङ गरिरहेको छ। हेड टु हेडका आधारमा बलियो देखिएको नेपालले पछिल्लो ४ खेलमा ३ जित निकाल्दा एक मात्र खेल पिएनजीले जितेको छ।

यसअघि पहिलो खेलमा नेपालले हङकङसँगको खेल बर्षाले रद्द भएपछि अंक बाढेको थियो। त्यसैले नेपालले आजको खेल जितेमा फाइनलमा स्थान बनाउनेछ।

यदि बराबरीको अवस्थामा पुगे नेट रन रेटले फाइनलिष्टको टुङ्गो लगाउनेछ । त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुँदैछ। यो खेल नेपाली समय अनुसार सबा ११ बजेदेखि शुरु हुनेछ।

भोलि शृङ्खलाको फाइनल खेल हुनेछ। आगामी जेठमा हुने टि २० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.