उसिनेको अण्डा खाँदा अड्किएर एक जनाको मृत्यु

डिसी नेपाल
१० चैत २०८० १९:३३
592
Shares

ओखलढुंगा। ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ। मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको अण्डा खानेक्रममा घाटीमा अड्किएर ज्यान गएको हो।

उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए।

सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.