चीनको नियन्त्रणमा रहेका दक्षिण कोरियाली फुटबलर १० महिना पछि रिहा

डिसी नेपाल
१३ चैत २०८० ८:२७
84
Shares

सियोल । चीनले १० महिनापछि एक दक्षिण कोरियाली फुटबलरलाइ रिहा गरेको छ । घुस लिएको आरोपमा चिनियाँ अधिकारीहरूले पक्राउ परेका दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर सन जुन–होलाई हालै रिहा गरेको हो ।

चीनले १० महिना पछि रिहा गरेका फुटबलर होलाइ स्वदेश फर्किएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ।

मिडफिल्डरलाई गत मेमा चीनमा गैर राज्यका कर्मचारीहरूबाट घूस लिएको आशंकामा पक्राउ गरिएको थियो । तर, उनको प्रकाउका बारेमा यो भन्दा बढी चिनियाँ सरकारले विवरणहरू भने उपलब्ध गराएको थिएन ।

‘१० महिना पछि फुटबलर सन हालै दक्षिण कोरिया आइपुगेको कारण उसको हिरासत समाप्त भयो,’ दक्षिण कोरियाली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो सरकारले सनको परिवारसँग घनिष्ठ सञ्चारमार्फत सक्रिय कानुनी सहायता प्रदान गरेको थियो ।’ तर, बिदेश मन्त्रालयले उनी कहिले स्वदेश फर्किए वा उनीमाथि लागेको आरोप प्रमाणित भए नभएको भने कुनै जानकारी दिएको छैन ।

कोरिया फुटबल संघले पनि सनको रिहाइको पुष्टि गर्दै ३१ वर्षीय फुटबलर सोमबार फर्किएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.