आइपीएल २०२४ को बाँकी भागको तालिका सार्वजनिक, फाइनल मे २६ मा हुने
काठमाडौं । लोकसभा चुनावको मिति घोषणा भएको करिब एक हप्ता पछि, बीसीसीआईले आईपीएल २०२४ को बाँकी भागको लागि तालिका पनि जारी गरेको छ।
इन्डियन प्रिमियर लिगको एक्स ह्याण्डलबाट जारी गरिएको ट्वीटमा अप्रिल ७ पछि हुने खेलहरूको बारेमा जानकारी दिइएको छ ।
यस अनुसार यस प्रतियोगिताको फाइनल मे २६ मा चेन्नईमा हुनेछ । दोस्रो क्वालिफायर खेल पनि यही मैदानमा मे २४ मा हुनेछ।
पहिलो क्वालिफायर खेल २१ मे र एलिमिनेटर खेल २२ मेमा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ।
यसअघि बीसीसीआईले २२ फेब्रुअरीमा ७ अप्रिलसम्म आईपीएलको तालिका सार्वजनिक गरेको थियो । पहिलो दुई साताको यो तालिकामा २१ खेल खेलिने छन् ।
लोकसभा चुनावको मिति घोषणा पछि, अप्रिल ७ पछि खेल्ने खेलहरूको तालिका जारी गरिने बताइएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment