नेपालले बहराइनको सामना गर्दै

डिसी नेपाल
१३ चैत २०८० १८:३२
60
Shares

काठमाडौं। फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले बहराइनसँग खेल्दै छ। बहराइनको राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समय अनुसार बुधबार राति १२ः ४५ बजेदेखि सुरु हुनेछ।

विश्वकप छनोट अन्तर्गत नेपालले अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४–२ , यमनसँग २–० र बहराइनसँग ५–० गोल अन्तरले पराजित भएको थियो।

नेपाल विश्वकप छनोटमा समूह ‘एच’मा रहेको छ। नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन्। यस समुहमा युएई ९ अंकसहित शीर्ष स्थानमा छ भने बहराइन ६ अंकसहित दोस्रो र यमन ३ अंकसहित तेस्रो स्थानमा छ। त्यस्तै नेपाल भने अंकविहिन हुदै पुछारमा रहेको छ।

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन्। त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन्। मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजंग कार्की छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.