कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न सकिँदैनः अ‍ोली

डिसी नेपाल
१३ चैत २०८० २०:३५
576
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बामपन्थी एकता हुन नसक्ने बताएका छन्।

पार्टी कार्यालय च्यासलमा मंगलबार आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको दोश्रो पूर्ण बैठकमा ओलीले अहिले पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने भन्दै बामपन्थी एकता हुन नसक्ने बताएका हुन्। आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टी एकताबद्ध गरेको स्मरण गर्दै केहि मान्छेलाई सह्य नभएर त्यसलाई परित्याग गरेको उनले बताए।

ओलीले कम्युनिष्ट एकता अपच भएकै कारण केहि व्यक्तिले पार्टीलाई समेत फुटाएको धारणा राखे। एमालेलाई मजबुद बनाउनुपर्ने अवस्थामा कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न नसकिने उनले बताए।

त्यस्तै ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र अराजक गतिविधि नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.