इटहरी गोल्डकप :चर्च ब्वाइज सेमिफाइनलमा

डिसी नेपाल
१४ चैत २०८० ६:३२
16
Shares

धरान। इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २(१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मंगलबार राति इटहरी रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले गोल गरेर आफ्नो टोलीलाई जिताएका हुन्। एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएर आफ्नो समूहको साख जोगाएका थिए।

खेलको ३७ औ मिनेटमा अबयोमीले गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा १-० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावाले खेलको ८२ औँ मिनेटमा गोल फर्काउन सफल भएका थिए।

मंगलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका ठकुरी घोषित भए। उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरेका छन्। आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.