मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पोर्चुगल २-० ले पराजित

डिसी नेपाल
१४ चैत २०८० ७:५७
88
Shares

काठमाडौं। पोर्चुगल मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले एक एक गोल गरेका थिए। यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो खेलेका थिए भने ब्रुनो फर्नानडेजसहितका केही महत्वपूर्ण खेलाडी खेलेका थिएनन्।

योसँगै पोर्चुगलले अब युरोकप अघि फिनल्याण्ड, क्रोसिया र आयरल्याण्डसँग मैत्रिपूर्ण खेल आगामी जुनमा खेल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.