कोरियामा छायांकन भएको म्युजिक भिडियो ‘शित्तल शित्तल’ सार्वजनिक

डिसी नेपाल
१८ चैत २०८० ९:५५
656
Shares

साेल। प्रवासमा रहेर पनि नेपाली संगीत, कला सस्कृतिलाई माया गर्ने नेपालीहरु मनहरु फैलीने यात्रामै छन्। दक्षिण कोरियाको सुन्दर पर्यटकिय नगरीहरुमा छायांकन भएको म्युजिक भिडियो “शित्तल शित्तल “सार्वजनिक भएको छ।

दिपेन ताम्राकारको सुन्दर शब्द, संगीत रहेको गीतमा चर्चित गायिका अस्मिता अधिकारी र जनक ताम्राकारको स्वर रहेको छ। सुन्दर शैलीमा प्रेमोन्माद ब्यक्त गरिएको गीतमा केबल प्रेम मात्र नभइ कठिन परिस्थितिमा पनि एक अर्काको साथ आत्मीयता अनि जीवनभरिको भरोसा र अधिक सपनाको व्यग्रताका भावहरु समाहित छन्।

कोरियाको जाडो त्यस्माथि पनि माइनस १९ डिग्री तापक्रम मा निकै दु:ख गरेर छायांकन गरिएको म्युजिक भिडियोले करोडौँ खर्च गरेर बनाइने बलिउड मुभिको झल्को दिन्छ। अझ त्यस्मा दिपेन ताम्राकार र प्रीतिजा बिसुङ्ख्यको अभिनय तारिफयोग्य छ।

म्युजिक भिडियोको एक कार्यक्रमका बीच ह्वासाङस्थित दरबार रेस्ट्रुरेन्टमा प्रिमिएर गरियो। म्युजिक भिडियोलाई दिपेन ताम्राकार आफैले निर्देशन गरेका हुन्भ ने आयुष उप्रेतिको सुन्दर कोरियोग्राफी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.