रियल म्याड्रिडको जितमा रोड्रीगोको दुई गोल

डिसी नेपाल
१९ चैत २०८० ७:३३
24
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथलेटिक क्लबलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा रोड्रीगोले दुवै गोल गरेका थिए। उनले खेलको आठौँ र ७३औं मिनेटमा गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको ३० खेलमा ७५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। रियल म्याड्रिड दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा स्पष्ट ८ अंकले अगाडि रहेको छ।

त्यसैगरी एथलेटिक क्लबको भने २० खेलमा ५६ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.