संसदीय सुनुवाइ समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। अहिले बिहान १०ः३० बजे बस्ने बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ।
आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो। हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी रहेका राया पूर्व अर्थसचिव हुन्।
संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। महालेखा परीक्षकको पदावधि ६ वर्षको हुन्छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment