राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा

डिसी नेपाल
२९ चैत २०८० १६:३६
20
Shares

काठमाडौं। वैशाख ४ गतेदेखि सुरु हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि वैशाख ४ गतेदेखि ६ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो। प्रतियोगितामा स्थानीय तह, जिल्ला तथा प्रदेश छनोटबाट आएका सातै प्रदेशका ६ सय ८६ खेलाडी सहभागी हुनेछ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा ६६ स्वर्णका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । एथलेटिक्सको छात्र–छात्रामा समान १३ गरि २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको समान ६ गरि ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र–छात्रा समान एक एक गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

उनले संघीय प्रणाली अनुसार विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीहरुलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगीतालाई निरन्तरता दिएको बताए। राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ छ। त्यस्तै सदस्य सचिव घिसिङले नयाँ ऐन अनुसार केहि खेलकुद संघहरुले निर्वाचन गर्न नसकेको भन्दै अब पनि निर्वाचन गर्न नसके कानूनअुसार अघि बढ्ने चेतावनी दिए।

प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम छ। कुल ११ लाख ५२ हजार पुरस्कार राशी रहेको प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको राखेपले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.