बैंगलुरुमाथि मुम्बईको सहज जित

डिसी नेपाल
३० चैत २०८० ६:४४
48
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो।

बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि बैंगलुरुले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो।

जारी आइपिएलमा मुम्बईको यो दोस्रो जित हो। ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ।

त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुको यो पाँचौं हार हो। ६ खेलमा एक जित हासिल गरेको बैंगलुरुले ५ हार बेहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.