बिस्केटको ५५ हात लामो लिंगो ढालियो, भैरव भद्रकालीको रथ जुधाइयो

डिसी नेपाल
१ वैशाख २०८१ २१:४४
20
Shares

भक्तपुर। भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिंगो आज साँझ ढालिएको छ। तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी आज साँझ लिंगाृ ढालेपछि जात्रा सम्पन्न गरिएको हो।  बिस्केट जात्राको चौथो दिन हिजो साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिंगो आज दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो ।

कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो। लिंगो ठड्याउनु अघि लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिंगो ठड्याइने प्रचलन रहेको छ। त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिंगो ढालिएको थियो।

लिंगोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिने ईतिहाासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए। भक्तपुरको प्रसिद्घ बिस्केटको  लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ।

लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ।

लिंगो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ। भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.