म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा
काठमाडौं। म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ।
गएराति सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेलमा ३-३ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेड ४-२ ले विजयी भएको थियो।
अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ। आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्द्वी युनाइटेड र सिटी भिड्ने भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment