सूर्यज्योति लाइफको साधारण सभा आज, ३५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दैछ। इन्स्योरेन्सले सभामा ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ। यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ। वैशाख ७ गते बुक क्लोज गरिएको हो।
यसकारण वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ।







डिसी नेपाल







Facebook Comment