‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार वितरण
काठमाडौं। नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी च्याम्पियनस्को रुपमा स्थापित टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ।
नयाँवर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टिभिएसका बाइकतथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाको साथ साथै हरेक हप्ता १००% क्यास ब्याक, sure–shot क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबैभन्दा कम EMI तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराएको थियो।
योजना अन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा रु. ५०,००० पुरस्कार जितेका छन्। त्यसैगरि, सपना सापकोटाले एनटर्क रेस ऐडिसन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १००% क्यासब्याक प्राप्त गरेका छन् भने रामबहादुर राणाले रेडरको खरिदमा रु. ५०,००० पुरस्कार जितेका छन्।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमाआफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ।







डिसी नेपाल







Facebook Comment