लखनउमाथि कोलकोता ९८ रनले विजयी

डिसी नेपाल
२४ वैशाख २०८१ ६:४५
24
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो। कोलकोताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुदै १३७ रन मात्र बनाएको थियो।

यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। यो जितपछि कोलकोता शिर्ष स्थानमा उक्लिएको छ। कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.