साउदी लिगमा अल-हिलालको अपराजित यात्रा कायमै

डिसी नेपाल
२५ वैशाख २०८१ ११:१०
76
Shares

काठमाडौं। साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ। गएराती सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एक एक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए।

यो जितपछि अल हिलाल लिगमा ३० खेलमा अपराजित रहेको छ। अल हिलालले २० खेलमा २८ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ । अल हिलालको ३० खेलमा ८६ अंकसहित शिर्ष स्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको अल नासर अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ।   त्यसैगरी अल अहलीको ३० खेलमा ५५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.