आयरल्याण्डसँग पाकिस्तान ५ विकेटले पराजित
काठमाडौं। आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। आयरल्याण्डका लागि एन्डी बलबिर्नीले सर्बाधिक ७७ रन बनाएका थिए भने ह्यारी टकरले ३६ रन बनाएका थिए।
यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो। जसमा कप्तान बाबर आजमले ५७ र सैम आयुबले ४५ रन बनाएका थिए।
यो जितपछि आयरल्याण्ड ३ खेलको सिरिजमा १-० ले अगाडि भएको छ। अब सिरिजको अर्को खेल आइतबार हुने छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment