आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुँदै छ।
आज कोलकोता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ। कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ।
जारी आइपिएलमा कोलकोताले शानदार प्रदर्शन गरिरहेको छ। अहिलेसम्म ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ।
कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ। कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ। विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन्। त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन्।
त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ। कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ। गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो।
त्यस्तै मुम्बई इण्डियन्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ। मुम्बईले अहिलेसम्म १२ खेलमा केवल ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ।
मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन। मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ।
त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।







डिसी नेपाल







Facebook Comment