सुनको मूल्य बढ्यो

डिसी नेपाल
३० वैशाख २०८१ ११:२०
132
Shares

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्य भने तोलामा १० रूपैयाँ ले घटेको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ निर्धारण भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *