सिटी एक्सप्रेसले युएईमा “उत्सव र उमंग, सिटी एक्स्प्रेससँग” सांगीतिक कार्यक्रम गर्दै

डिसी नेपाल
३१ वैशाख २०८१ १३:२२
12
Shares

काठमाडाैं। सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारले आफ्नो प्रस्तुती दिने छन्।

चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार , लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ति श्री परियार र कलाकार अन्जली अधिकारीले बिशेष प्रस्तुती दिने भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुखको कमाइ पठाउन सकिरहेका छन्। आफ्नो ग्राहक बर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जनाएकाे छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *