माछापुच्छ्र्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

डिसी नेपाल
३१ वैशाख २०८१ १४:३२
28
Shares

काठमाडौं। माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्तर्गतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।

बैंकको आर्दशनगर वीरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादवको बाइक दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती शोभा यादवले गरेकाे दाबी अनुसार आइतबार उक्त बिमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो।

बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन्।

बैंकल न्यू स्मार्ट तलव खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *