खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरको तेस्रो संस्करण सुरु

डिसी नेपाल
१ जेठ २०८१ ११:१०
24
Shares

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण आजदेखि शुरु गरेको छ। यो तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिष्कृत र अझै ठुलो, अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले जनाएको छ।

यो अफर अन्तर्गत ५ जनाले पल्सर एनएस एफआई एबीएस बाइक जित्न सक्नेछन्। अन्य विजेताले आईफोन १५, होनाेर एक्स७बी स्मार्टफोन, वासिङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउन्टेन फ्लाइट देखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन्।

यसका साथै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा शेयर गर्न सक्नेछन् भने पहिले जस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्ड मार्फत उपहारहरू जित्ने मौका पाउनेछन्।

जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागु रहने २ महिनाको यस जात्रा अवधि ४ वटा राउन्डमा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू बाइकको लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन्।

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ। चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरूले बोनस राउन्डको बाइकका लागि स्वतः सहभागी हुन पाउन र जित्न सक्ने कम्पनीले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *