सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

डिसी नेपाल
१ जेठ २०८१ १२:४२
8
Shares

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ।

उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखि २५ गतेसम्म लागू हुनेछ। पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *