गायक प्रकाश सपुत निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडर नियुक्त

डिसी नेपाल
२ जेठ २०८१ ७:१६
20
Shares

काठमाडौं। निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।

सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरूले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेन्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थाहरू सहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ। त्यसैगरी, पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिन्छ।

आफ्नो नवीन प्रविधि र व्यापार मोडेलको साथ, निओ मनि ट्रान्सफरले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी विनिमय दरहरूमा रेमिट्यान्स सेवाहरू प्रदान गर्दछ। ग्राहक सन्तुष्टि र वित्तीय सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै विश्वभर सुरक्षित, किफायती रेमिटेन्स सेवा सुविधा पु¥याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

“ब्रान्ड एम्बेसडरका रूपमा प्रकाश सपुतको नियुक्ति रेमिट्यान्स व्यवसायको सन्दर्भमा निओ मनि ट्रान्सफरलाई सामान्य घरपरिवारको नामको रूपमा चित्रण गर्ने रणनीतिक कदम हो,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाश सपुतका प्रशंसक र अनुयायीहरू मार्फत देशमा रेमिट्यान्सको महत्वबारे ध्यान केन्द्रित गर्दै, नेपाल र विदेशमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

उनको लोकप्रियतासँगै, उनको सामाजिक प्रभावले निओ मनि ट्रान्सफरको विशेष रेमिटेन्स सेवाहरू, नेपालको ग्रामीण र अर्ध-शहरी क्षेत्रहरू साथै विदेशमा रहनुभएका नेपालीहरूमा पनि चेतना जगाउन मद्दत गर्नेछ ।

ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, “रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गर्न पाउँदा हामी निकै रोमाञ्चित छौँ । प्रकाश सपुत धेरैका लागि प्रेरणा हुन् र हामी विश्वास गर्छौं कि यो साझेदारीले हाम्रो दृश्यतालाई उल्लेखनीय रूपमा बढावा दिनेछ र हाम्रो सेवालाई अझै लोकप्रिय बनाउनेछ ।”

देशको अर्थतन्त्रमा टेवा पु-याएको रेमिटेन्समा निओ मनि ट्रान्सफरद्वारा विश्वभर छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनीहरू सँग जोडिन पाउँदा सपुत ले पनि हर्ष व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *