डा. गोविन्द केसीले तोडे अनसन

डिसी नेपाल
३ जेठ २०८१ १८:३९
76
Shares

काठमाडाैं। स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन्। वैशाख २९ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चार बुँदे माग राख्दै उनले आमरण अनशन सुरु गरेका थिए।

पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उहालाई शिक्षण अस्पताल महाराजगञ्ज लागिएको थियो। त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औं अनशन तोडेका हुन्। उनले सरकारले आफ्नो अनशन बेवास्ता गरेको भन्दै अनशन तोडेको बताए। अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएकाले अनशन तोडेको उनले बताए।

केसीले सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरिनुपर्ने लगायतका ४ बुँदे माग राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *