जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

डिसी नेपाल
७ जेठ २०८१ १०:५१
140
Shares

काठमाडौं। जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि जनमत प्रतिपक्षमा रहँदै आएको थियो।

तर सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिएसँगै जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको हो। प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सा‌सद छन्।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *