धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई म्याद थपका लागि आज अदालत लगिँदै

डिसी नेपाल
९ जेठ २०८१ ९:२७
124
Shares

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।

आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएका सिरोहियालाई मंगलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो।

उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो।

सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरिसकेका छन्। त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।

जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो। मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.