सनराइजर्स आइपिएलको फाइनलमा
काठमाडौं। सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ। शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो।
सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
यस अघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो। यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ। यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो।
अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्ससँग खेल्ने छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment