सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको छ: कांग्रेस नेता सिटौला (भिडियो)

डिसी नेपाल
१४ जेठ २०८१ १४:०१
120
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताएका छन्।
गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद अवरोध हुन पुगेको बताएका हुन्।

उनले बिगतमा पनि बिभिन्न प्रकरणमा मुछिएका मन्त्रिहरुमाथि छानविनका लागि संसदमा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राखे। त्यस्तै उनले कैलाश सिरोहियाको पक्राउ गर्ने तरिका कानुनको कपटपूर्ण प्रयोग भएको टिप्पणी गरे।

उनले सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहियालाई पक्राउ गरिएको दावी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.