सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२० जेठ २०८१ ११:३६
128
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *