साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने

डिसी नेपाल
२१ जेठ २०८१ १८:०२
52
Shares

काठमाडौं। साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने भएको छ। उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए।

उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बंगलादेशले प्रस्ताव गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.