टी-२० विश्वकप: श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

डिसी नेपाल
२२ जेठ २०८१ ६:१६
60
Shares

काठमाडौं। जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्री लंकालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्री लंकालाई ६ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्री लंकाले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो। श्रीलंकाका लागि कुसल मेन्डिसले सर्बाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए।

श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो। त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्बाधिक ४ विकेट लिएका थिए। उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए।

समूह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ।

अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.