उद्योग वाणिज्य महासंघद्वारा स्टार्टअप नीतिको स्वागत

डिसी नेपाल
२२ जेठ २०८१ २०:०८
12
Shares

काठमाडौं। सरकारले स्टार्टअप नीति, २०८१ पारित गरेकामा नेपाल उद्योग वाणिज्य महासंघले खुसी व्यक्त गरेको छ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप नीति कार्यान्वयनमा आउनु महत्वपूर्ण कोसेढुंगा भएको बताएको छ। महासंघले तयार पारेको स्टार्टअप मस्यौदा थप परिस्कृत गरी सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको थियो। यो नीति समग्र निजी क्षेत्रका लागि महत्वपूर्ण रहेको महासंघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आज यहाँ आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि स्टार्टअप नीति ल्याउन लामो समयदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघअन्तर्गतको स्टार्टअप एण्ड इन्नोभेसन फोरमले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको थियो । महासंघले तयार पारेको नीतिको मस्यौदालाई थप परिस्कृत गरी कार्यान्वयनमा ल्याउनु हामी सबैका लागि सुखद् कुरा हो।’

त्यस्तै, उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसालले स्टार्टअप नीतिले अंगीकार गरेको स्टार्टअपको परिभाषा, स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तरसम्बन्ध, स्टार्टअप वर्ष २०३० र स्टार्टअप कर्जाहरूका विषयमा प्रकाश पारेको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *