नेपाल भर्सेस नेदरल्याण्ड्सः टसमा ढिलाई

डिसी नेपाल
२२ जेठ २०८१ २१:०३
360
Shares

काठमाडौं। आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आज हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेलको टसमा ढिलाई भएको छ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुने खेलमा वर्षाको कारण मैदान तयार नहुँदा टससमेत हुन सकेको छैन।

टेक्सासमा बिहान भएको वर्षाको कारण मैदान तयार नभएपछि टस समयमा हुन नसकेको हो। स्थानीय समयअनुसार बिहान १०ः३० बजे (नेपाली समय ९ः१५ बजे) टस हुने र स्थानीय समय ११ बजे (नेपाली समय ९ः४५ बजे) खेल हुने बताईएको छ।

आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। आजको खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.