नेपालले टस हार्‍यो

डिसी नेपाल
२२ जेठ २०८१ २१:२२
432
Shares

काठमाडौं। आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपाल र नेदरल्यान्डस् दुवै आजको पहिलो खेलमा जितको खोजीमा हुनेछन्। नेपाल र नेदरल्यान्डस् दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिना अघि नेपालमा भएको त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा नेदरल्यान्डस् दुई खेलमा विजयी हुँदा नेपालले एउटा मात्र खेल जितेको थियो।

सन् २०१५ मा पहिलोपटक नेपाल र नेदरल्यान्डस्ले पहिलो पटक एकअर्काविरुछ खेलेका थिए। हालसम्म दुवैबीच ११ वटा खेल सम्पन्न भएका छन्। नेदरल्यान्डस् ६ खेलमा विजयी भएको थियो भने नेपालले पाँच खेलमा जित हासिल गरेको थियो।

टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो भने नेदरल्यान्ड्सको पाँचौ सहभागिता हो। नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो। त्यतिबेला नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। बंगलादेशसँग हार बेहोरेपछि नेपाल दोस्रो चरणमा पुग्न असफल भएको थियो।

नेदरल्यान्डस्विरुद्धको खेलमा कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा र सागर ढकालले खेलिरहेका छन्।

नेपालले काठमाडौंमा गत वर्ष कात्तिकमा भएको एसिया छनोटमा संयुक्त अरब इरिरेट्स (यूएई)लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो। अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकपमा २० राष्ट्रको सहभागिता रहेको छ। विश्वकपमा नेपाल र नेदरल्यान्डस् समूह ‘डी’ मा रहेका छन्। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश समेत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.