वातावरण दिवसको अवसरमा भक्तपुरमा बृक्षारोपण

डिसी नेपाल
२३ जेठ २०८१ १६:२६
104
Shares

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले बृक्षारोपण गरेका छन्। वातावरण दिवसको अवसरमा राष्ट्रको लागि दुईघण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक र्‍याली पनि निकालेको छ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो । साथै दिवसको अवसरमा भक्तपुरको चाँंगुनारायण नगरपालिकाले एकदिने हरित प्रदर्शनी गरेको छ।

नगरपालिका भबन खरिपाटीमा विहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँंझ चार बजेसम्म हुने जनाइएको छ। साथै, नेपाल इको प्यानलले पनि दिवसकै अवसरमा जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कर्पोरेट कार्यालय बृक्षारोपण गरेको छ।

उता, ख्वप कलेज भक्तपुरले पनि दिवसकै अवसरमा भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित कलेज परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.