टी-२० विश्वकपमा आज तीन खेल हुँदै

डिसी नेपाल
२४ जेठ २०८१ ६:२६
100
Shares

काठमाडौं। जारी आइसीसी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन्।

आज पहिलो खेल समूह सी मा रहेका पीएनजी र युगाण्डाबीच हुने छ। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि शुरु हुने छ। जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले अ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन्।

त्यस्तै आज दोस्रो खेल समूह बी मा रहेका अस्ट्रेलिया र ओमानबीच हुने छ। वार्बाडोसस्थित किंग्सटेन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि हुने छ।

यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ। यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट हो।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ। डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ। यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.