प्रधानमन्त्री कप भलिबलमा एपिएफ विजयी

डिसी नेपाल
२४ जेठ २०८१ १७:३५
124
Shares

काठमाडौं। प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ सेटमा पराजित गर्‍यो। खेलको पहिलो सेट २२–२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल गर्‍यो।

एपिएफले खेलको दोस्रो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको एपिएफले यसअघि बूढानीलकण्ठ क्लबलाई ३–१ को सेटमा हराएको थियो। त्यसैगरी यसअघि भएको खेलमा एपिएफ गण्डकी प्रदेशसँग ३–१, नेपाल पुलिससँग ३–२ तथा आर्मी र हेल्प नेपालसँग समान ३–० सेटको हार व्यहोरेको थियो।

प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेको छैन। कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र नेपाल पुलिसँगको समान समान ३–० तथा सुदूरपश्चिसँगको खेल ३–१ सेटमा पराजित भएको थियो।

आजै भएको महिलातर्फको खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३–० र एभरेस्टले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.