ह्वावे ’सिड्स फर फ्युचर’ रोड शो केयू, पियू र टियूमा सम्पन्न

डिसी नेपाल
२५ जेठ २०८१ १०:४७
12
Shares

काठमाडौं। ह्वावेले नेपालका विश्वविद्यालयहरूमा आफ्नो ’सिड्स फर फ्युचर’ रोड शो सफलतापूर्वक सम्पन्न गरेको छ।

रोड शोले विद्यार्थीहरूलाई ‘सिड्स फर द फ्युचर’ कार्यक्रम के हो, यो नेपालमा लगायत विश्व सामु कसरी गरिन्छ भन्ने बारेमा जानकारी गराएको थियो। यस कार्यक्रममा प्राध्यापक, विभाग प्रमुख र विभिन्न संकायका विधार्थीहरु सहभागी थिए।

नेपालमा आईसीटी इकोसिस्टमलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमको भर्खरै उद्घाटन गरेपछि ह्वावेले विद्यार्थीहरूलाई कार्यक्रमका बारेमा विभिन्नसत्रहरू प्रदान गर्न, यसका उद्देश्यहरूसँग उनीहरूको संलग्नता अभिवृद्धि गर्न यो रोड शोको सुरुवात गरेको हो।

यही जेठ २२ गते काठमाडौं विश्वविद्यालयबाट सुरु भएको रोड शो जेठ २३ गते नेशनल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी हुँदै जेठ २३ गते त्रिभुवन विश्वविद्यालयमा समापन भएको थियो। साथै जेठ २७ को लागि तोकिएको सिड्स फर फ्युचर’ का लागि आवेदन दिने अन्तिम म्यादसँगै विद्यार्थीहरूलाई यो अवसरको लागि आवेदन दिन प्रोफेसरहरू र सीड्सका पूर्व छात्रहरूले प्रोत्साहित गरेका थिए।

सो अवसरमा अघिल्लो ’सिड्स फर फ्युचर’ कार्यक्रमहरूका पूर्व विद्यार्थीहरूले विभिन्न कार्यक्रममा उपस्थित भई आवेदन प्रक्रिया, छनोट मापदण्ड, र उनीहरूको अमूल्य यात्रालाई हाइलाइट गर्दै आफ्ना अनुभवहरू साटेका थिए।

इच्छुक विद्यार्थीहरूले ह्वावेका प्रतिनिधिहरूसँग संलग्न हुने अवसर पाए, जहाँ आशित अधिकारीले ’सिड्स फर फ्युचर–२०२४’ को बारेमा विस्तृत रूपमा जानकारी दिएका थिए, जसले विद्यार्थीहरूलाई सिड्स फर फ्युचर’ कार्यक्रमको बारेमा थप अन्तरदृष्टि र ज्ञान प्राप्त गर्न सहयोग गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *