यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२७ जेठ २०८१ ७:३३
136
Shares

काठमाडौं। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य हिजोकै यथावत छ। अर्थात् शनिबार कारोबार भएको मूल्यमा आज पनि धेरै विदेशी मुद्राको कारोबार हुँदैछ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारबोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ६९ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *